आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने « Khabarhub

आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिसनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानुन व्यवसायीलाई फसाएको भन्दै सोमबार देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।

आइबार विज्ञप्ति जारी गर्दै बारले देशभरीका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो।

बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारवाहीका सन्दर्भमा सेवा लिने–दिने क्रममा उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई घुस मागेको विषयमा अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाएको भन्दै बारले विरोध जनाएको छ।

यस विषयमा अधिवक्ता लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढङ्गले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याउँदै उल्टै अधिवक्ता लामिछानेलाई दोषि देखाएको बारको आरोप छ।

यस्तो घटनालाई दुर्भाग्यपूर्ण भन्दै बारले अदालतमा जडित सीसीटीभीको माध्यमबाट सत्यतथ्य अन्वेषण हुनुपर्ने बताएको छ। बारले कृत्रिम मुद्दामा थुनामा राखिएका कानुन व्यवसायी लामिछानेलाई २४ घण्टाभित्र निःशर्त रिहा गर्न मागसमेत गरेको छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै