अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै  « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै 


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा निस्कने भएका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले जुलाई ९ देखि १३ सम्म युनाइटेड किंगडम, लिथुआनिया र फिनल्याण्डको भ्रमण गर्ने जनाइएको छ ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनलाई बलियो बनाउन उनी भ्रमणमा निस्कन लागेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले लण्डनमा राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरी घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउन छलफल गर्नेछन् ।

त्यसपछि उनी ७४ औं नेटो शिखर सम्मेलनमा भाग लिन जुलाई ११ देखि १२ सम्म लिथुआनियाको भिल्नियस जानेछन्। यसपछि अमेरिका नर्डिक नेताहरूको शिखर सम्मेलनका लागि फिनल्याण्डको हेलसिंकीको भ्रमण गर्नेछन् ।

युक्रेनको युद्ध दोस्रो वर्षमा फैलिँदै गर्दा रुसी आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई सुदृढ पार्ने बाइडेनको युरोप भ्रमणको उद्देश्य रहेको पनि जनाइएको छ ।

बाइडेनको पाँच दिने भ्रमणको मुख्य केन्द्रविन्दु यस वर्ष लिथुआनियाको भिल्नियसमा आयोजना हुने वार्षिक नाटो शिखर सम्मेलन हुनेछ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै