लागुऔषधसहित ३ जना पक्राउ « Khabarhub

लागुऔषधसहित ३ जना पक्राउ


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुर, डोटी र  मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । 

कञ्चनपुरकाको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका–७ का  किरण जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिका(५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित सोही नगरपालिका(४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपायल सिलगढी नगरपालिका(६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका(२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ । 

दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १२ : २८ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष