ङादी पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने « Khabarhub

ङादी पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ङादी ग्रुप पावरले एकसय  प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ । त्यसपछि प्रस्ताव साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र सेयर जारी हुनेछ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । 

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । 

१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।  

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : ०१ बजे

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ