विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा « Khabarhub

विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए ।

आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए ।

“राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अझै प्रक्रियामै अल्झिरहेको छ”, उनले भने, “हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ, जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ ।”

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गर्नुभएका मुख्यमन्त्री शर्माले जल, जङ्गल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिङ्गो मुलुकलाई पाल्न सार्मथ्य राख्ने दाबी गरे ।

उनले अहिलेसम्म बनेका ऐन नियममा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै