इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए  « Khabarhub

इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए 


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् । 

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । 

यसैबीच, प्यालेस्टाइनको आतङ्कवादी सङ्गठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ । इजरायली सेनाले यो क्षेत्रमा केही दिनदेखि आक्रमण बढाउँदै गइरहेको छ तर यो आक्रमणलाई उनीहरूले आतङ्कवादविरुद्धको गतिविधि भनेका छन् । 

यस अंग्रेजी वर्षको सुरुवातदेखि इजरायली सेनाको आक्रमणमा २९ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ५५ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले