इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए  « Khabarhub

इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए 


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् । 

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । 

यसैबीच, प्यालेस्टाइनको आतङ्कवादी सङ्गठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ । इजरायली सेनाले यो क्षेत्रमा केही दिनदेखि आक्रमण बढाउँदै गइरहेको छ तर यो आक्रमणलाई उनीहरूले आतङ्कवादविरुद्धको गतिविधि भनेका छन् । 

यस अंग्रेजी वर्षको सुरुवातदेखि इजरायली सेनाको आक्रमणमा २९ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत