नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा जारी यु–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियालाई जितका लागि २ सय ५३ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनायो ।

नेपालका नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय ईनिङ खेले । यस्तै, निरज यादवले ४७, सन्तोष यादवले २६, सुर्यांशु कोइरालाले १८, अशोक धामीले १२ रन बनाए । मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । नेपाल सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै  फाइनलमा पुगेको हो । 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : २२ बजे

दुई सय १३ किलोग्राम गाँजा बरामद

पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।