संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत « Khabarhub

संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरु चाँडोभन्दा चाँडो संसदीय समितिहरुको नेतृत्व चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र समितिहरुको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन सहमत भएका हुन् ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि दलहरुलाई दबाब दिन सभामुख घिमिरेले बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

बैठकपछि कानूनमन्त्री गुरुङले भने, ‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ ।’

उनले राजनीतिक रूपमा केही विकृति देखिएको र तिनीहरूको समाधान गर्दै लैजाने तथा अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

यस्तै, बैठकमा संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ०४ बजे

कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख

छोराको कुटपिटबाट बाबुको मृत्यु

त्रिवेणी– जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट

परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक

सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति

दुई सय १३ किलोग्राम गाँजा बरामद

पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी