मलाइका भन्छिन् ४० कटेपछि बल्ल महिलाको जीन्दगी शुरु हुन्छ « Khabarhub

मलाइका भन्छिन् ४० कटेपछि बल्ल महिलाको जीन्दगी शुरु हुन्छ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पति अरबाज खानसँगको सम्वन्धबिच्छेद पछि मलाईका अरोरा नायक अर्जुन कपूरसँग डेटमा रहेकी छिन् । दबंगको तेस्रो सिक्वेल ‘दबंग ३’को अहिले धमाधम छायांकन भइरहेको छ । यस फिल्मको डाइरेक्शन प्रभु देवाले गरिरहेका छन् ।

हालै मलाईकासँग गरिएको एक अन्तर्वार्तामा ‘दबंग ३’मा उनको सहभागिताबारे सोधिएको थियो । जसमा उनले अब यस फिल्ममा आफू नरहेको समेत जवाफ दिएकी छिन् । उनले भनिन् ‘यस फिल्मका कलाकारहरु धेरै अगाडि बढिसकेका छन् र म ति सबैलाई शुभकामना दिन चाहन्छु ।’

उनले अगाडि भनिन्– ‘ मसँग धेरै आइडियाहरु फुरेका छन् हुनसक्छ म छोटो फिल्म बनाउँछु या अरु त्यो बिस्तारै थाहा हुँदै जान्छ ,म सँग प्रशस्त समय छ । यो मेरो जिन्दगीको सबैभन्दा उत्तम समय हो, महिलाको ४० वर्षपछि बल्ल जिन्दगी शुरु हुन्छ । किनकि उनीहरु यतिबेला कामबाट सफलता पाउन सक्छन् ।’

यसैकारण पनि उनी सलमान तथा अरबाजको फिल्म ‘दबंग ३ बाट हटाईएको समाचार बाहिरिएको छ । सलमान खानको सुपरहिट सिरिज ‘दबंग’को पहिलो भागमा मलाइका अरोराले ‘मुन्नी बदनाम हुई’ भन्ने गीतमा कम्मर मर्काएको निकै रुचाइएको थियो ।

यसै फिल्मको दास्रो भागमा पनि उनी देखिएकी थिइन्, यी दुवै सिरिजका प्रोड्युसर मलाईकाको पूर्वपति अरबाज खान र मलाईका स्वयं रहेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ०८ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा