मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते | Khabarhub Khabarhub

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा भएको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो। यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । यहाँ घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भिर घाईते भएका र घाइतेहरूलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ३७ बजे

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा