ट्वीटरलाई टक्कर दिन मेटाको ‘थ्रेड्स’ एप सार्वजनिक « Khabarhub

ट्वीटरलाई टक्कर दिन मेटाको ‘थ्रेड्स’ एप सार्वजनिक


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेटा कम्पनीले ट्वीटर जस्तै विशेषता भएको ‘थ्रेड्स‘ नामको नयाँ एप सार्वजनिक गरेको छ । इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक भएको हो ।

‘थ्रेड्स’ एप बेलायतलगायत एक सयभन्दा बढी देशमा डाउनलोड गर्न सकिने तर युरोपेली संघका देशमा भने केही नियामक विषयका कारण अझै उपलब्ध नभएको जनाइएको छ ।

छुट्टै एपका रूपमा उपलब्ध थ्रेड्समा इन्स्टाग्रामकै अकाउन्टबाट लगइन गर्न सकिने छ । इन्स्टाग्रामकै फोटो राख्न वा इस्टाग्राममा भएका फलोअर्सलाई एकैपटक फलो गर्न सकिन्छ ।

मेटाका फेसबुक, हृवाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल यसअघि नै विश्वभर प्रसिद्ध छन् ।

यो थ्रेड्स एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो दुई अर्बपति एलन मस्क र मार्क जुकरबर्गबीचको युद्ध भएको टिप्पणी समेत गरेका छन् ।

कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : २९ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक