राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची « Khabarhub

राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।

हिजोको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ४८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक