अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै « Khabarhub

अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो ।

रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सन् १९७० को दशकमा सेनाले पुरानो जहाजमा रासायनिक हतियार लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो। तर, जनताको विरोधपछि त्यसो हुन सकेन । 

त्यसपछि यी रासायनिक हतियारलाई भट्टीमा राखेर जलाउने प्रस्ताव गरिएको थियो । यो पनि स्वीकृत हुन सकेन ।

हाल अमेरिकाले रासायनिक हतियार नष्ट गर्न रोबोटिक मेसिनको सहयोग लिएको छ । गोलाहरूमा राखिएका यी हतियारहरूलाई १५०० डिग्री फरेनहाइट तापक्रममा जलाइने छ ।

अमेरिकी सेनाले सन् १९१८ देखि युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन। तर, भियतनाम युद्धका क्रममा उसले मानवका लागि खतरनाक मानिने एजेन्ट ओरेन्ज जस्ता रासायनिक हतियारको प्रयोग गरेका थियो ।

सन् १९८९ मा अमेरिका र सोभियत संघले आ–आफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए तर तिनीहरूलाई नष्ट गर्न भने त्यति सजिलो छैन।

तिनीहरूलाई नष्ट गर्ने एक मात्र तरिका जलाउनु हो, जसले विषाक्त धुवाँ उत्सर्जन गर्दछ। यो धुवाँको प्रभावलाई सम्हाल्न निकै गाह्रो छ ।

सन् १९८६ मा अमेरिकाको उटाह राज्यमा ५६०० भेडा अचानक मरेका थिए । जुन ठाउँ रासायनिक हतियार परीक्षण स्थलको धेरै नजिक थियो।

अमेरिकी कांग्रेसको दबाब पछि सेनाले भिएक्स नामक रासायनिक हतियारको परीक्षण गरिरहेको स्वीकार गरेको थियो । उनीहरूसँग ८ राज्यमा रासायनिक हतियारको भण्डार रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : १६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी