अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै | Khabarhub Khabarhub

अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो ।

रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सन् १९७० को दशकमा सेनाले पुरानो जहाजमा रासायनिक हतियार लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो। तर, जनताको विरोधपछि त्यसो हुन सकेन । 

त्यसपछि यी रासायनिक हतियारलाई भट्टीमा राखेर जलाउने प्रस्ताव गरिएको थियो । यो पनि स्वीकृत हुन सकेन ।

हाल अमेरिकाले रासायनिक हतियार नष्ट गर्न रोबोटिक मेसिनको सहयोग लिएको छ । गोलाहरूमा राखिएका यी हतियारहरूलाई १५०० डिग्री फरेनहाइट तापक्रममा जलाइने छ ।

अमेरिकी सेनाले सन् १९१८ देखि युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन। तर, भियतनाम युद्धका क्रममा उसले मानवका लागि खतरनाक मानिने एजेन्ट ओरेन्ज जस्ता रासायनिक हतियारको प्रयोग गरेका थियो ।

सन् १९८९ मा अमेरिका र सोभियत संघले आ–आफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए तर तिनीहरूलाई नष्ट गर्न भने त्यति सजिलो छैन।

तिनीहरूलाई नष्ट गर्ने एक मात्र तरिका जलाउनु हो, जसले विषाक्त धुवाँ उत्सर्जन गर्दछ। यो धुवाँको प्रभावलाई सम्हाल्न निकै गाह्रो छ ।

सन् १९८६ मा अमेरिकाको उटाह राज्यमा ५६०० भेडा अचानक मरेका थिए । जुन ठाउँ रासायनिक हतियार परीक्षण स्थलको धेरै नजिक थियो।

अमेरिकी कांग्रेसको दबाब पछि सेनाले भिएक्स नामक रासायनिक हतियारको परीक्षण गरिरहेको स्वीकार गरेको थियो । उनीहरूसँग ८ राज्यमा रासायनिक हतियारको भण्डार रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : १६ बजे

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको