समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह  | Khabarhub Khabarhub

समस्यामा परेका नेपालीलाई गुनासो टिपाउन रियादस्थित दूतावासको आग्रह 


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोहा : रियादस्थित नेपाली दूतावासले साउदी अरबमा कार्यरत नेपालीहरूलाई आफ्नो समस्या वा गुनासो टिपाउन अनुरोध गरेको छ।

दूतावासले बिहीबार साँझ एक सूचना जारी गर्दै साउदी अरबमा कार्यरत रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा गुनासो भए यहाँ दिएको लिंक मा गई आफ्नो समस्या वा गुनासो अनलाइन मार्फत पठाउन अनुरोध गरेको हो ।

समस्यामा परेका नेपालीहरूले पठाएको गुनासो तथा समस्या समाधानका लागि आफ्नो क्षेत्राधिकारको अधीनमा रही दूतावासबाट पहल हुने जनाइएको छ । 

समस्या समाधानमा भएको पहल तथा प्रयास सम्वन्धी जानकारी अनलाइन मार्फत सार्वजनिक गरिने जनाएको छ। माथि दिएको लिंक मार्फत हेर्न सकिने भएकाले उक्त लिंकको प्रयोग गरी आफ्नो समस्या तथा गुनासो राख्न दूतावासले भनेको छ । 

पीडितहरूलाई परेको श्रम सम्बन्धी समस्याको उजुरी दर्ता गराउन दूतावासमा प्रत्यक्षरूपमा उपस्थित हुन विभिन्न कठिनाइ पर्ने भएकाले सहजरूपमा नेपाली नागरिककै मोबाइलबाट उजुरी गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । 

तर यस अघि नै समस्या दर्ता गराइसकेकाले भने पुनः पठाउन नपर्ने दूतावासले जनाएको छ । प्राप्त उजुरी उपर दूतावासले गरेको कार्यबाहीको पछिल्लो अवस्थाको अनलाइनबाटै जानकारी गराउने दूतावासको भनाइ छ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलाल मार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि दूतावासले समस्या तथा गुनासो समाधानको लागि पहल सुरु गरेको हो । 

साउदी अरबमा विभिन्न पेशामा गरी करिव चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : १४ बजे

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा 

पोखरा– पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत

धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

काभ्रेपलाञ्चोक– धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता

काठमाडौं– पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब बराबरको अधिकृत

 तीन जना जुवाडे पक्राउ

धनुषा– धनुषाधाम नगरपालिका-६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाइको माग