तीन सय बढी स्थानको अडिसनपछि भेटाइन् एकताले यो अनुहार « Khabarhub

तीन सय बढी स्थानको अडिसनपछि भेटाइन् एकताले यो अनुहार


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टेलिभिजन पर्दाकी ब्राण्ड बनेकी एकता कपुर नयाँ नयाँ सिरियल बनाउन माहिर मानिन्छिन् ।

उनले बनाएका सिरिएल दर्शकको रोजाइमा पर्दै आएका छन् । हरेक सिरिएलका लागि उनी नयाँ नयाँ अनुहार खोज्छिन् । कथाअनुसार सुहाउँदो नयाँ नयाँ मौलिक अनुहारको खोजी उनको विशेषता नै हो ।

जोधा अकबर सिरियलदेखि अन्य कैयन सिरियलमा उनले यसरी नै कथाको माग अनुरुपको अनुहारको खोजी गरेकी थिइन । यतिखेर एकता ‘इट हेप्पेन्ड इन कलकत्ता’ नामक सामाजिक सिरियल निर्माणको तयारीमा छिन् । यसका लागि उनी लामो समयदेखि नयाँ अनुहारको खोजीमा थिइन् ।

जसका लागि उनले अढाई वर्षसम्म देशका विभिन्न स्थानमा ३ सय बढी अडिसनको आयोजना गरिन् । अन्ततः आफू सफल भएको बताउँदै ट्विट गरिन, “त्यो पर्फेक्ट फेसको खोजीमा हामीले देशैभरी अढाई वर्ष लगाएर ३ सय बढी अडिसन लियौं । प्रस्तुत गर्छु हाम्रो नयाँ प्रतिभा नगमा रिजवान, जोे आगामी वेब सिरिज इट हेप्पेन्ड इन कलकत्तामा करण कुन्द्रासँग देखिनेछिन् ।

यो सिरिएलमा नगमाले कुसुमको रोल खेल्नेछिन् । सिरियलमा डाक्टर बन्न कलकत्ता कलेजमा भर्ना भएकी युवतीको भूमिकामा नगमा हुनेछिन् । यो सिरियल सन् ६० र ७० को दशकको कलकत्ताको कथा रहेको बताएकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ३२ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी