तीन सय बढी स्थानको अडिसनपछि भेटाइन् एकताले यो अनुहार « Khabarhub

तीन सय बढी स्थानको अडिसनपछि भेटाइन् एकताले यो अनुहार


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टेलिभिजन पर्दाकी ब्राण्ड बनेकी एकता कपुर नयाँ नयाँ सिरियल बनाउन माहिर मानिन्छिन् ।

उनले बनाएका सिरिएल दर्शकको रोजाइमा पर्दै आएका छन् । हरेक सिरिएलका लागि उनी नयाँ नयाँ अनुहार खोज्छिन् । कथाअनुसार सुहाउँदो नयाँ नयाँ मौलिक अनुहारको खोजी उनको विशेषता नै हो ।

जोधा अकबर सिरियलदेखि अन्य कैयन सिरियलमा उनले यसरी नै कथाको माग अनुरुपको अनुहारको खोजी गरेकी थिइन । यतिखेर एकता ‘इट हेप्पेन्ड इन कलकत्ता’ नामक सामाजिक सिरियल निर्माणको तयारीमा छिन् । यसका लागि उनी लामो समयदेखि नयाँ अनुहारको खोजीमा थिइन् ।

जसका लागि उनले अढाई वर्षसम्म देशका विभिन्न स्थानमा ३ सय बढी अडिसनको आयोजना गरिन् । अन्ततः आफू सफल भएको बताउँदै ट्विट गरिन, “त्यो पर्फेक्ट फेसको खोजीमा हामीले देशैभरी अढाई वर्ष लगाएर ३ सय बढी अडिसन लियौं । प्रस्तुत गर्छु हाम्रो नयाँ प्रतिभा नगमा रिजवान, जोे आगामी वेब सिरिज इट हेप्पेन्ड इन कलकत्तामा करण कुन्द्रासँग देखिनेछिन् ।

यो सिरिएलमा नगमाले कुसुमको रोल खेल्नेछिन् । सिरियलमा डाक्टर बन्न कलकत्ता कलेजमा भर्ना भएकी युवतीको भूमिकामा नगमा हुनेछिन् । यो सिरियल सन् ६० र ७० को दशकको कलकत्ताको कथा रहेको बताएकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ३२ बजे

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुमबासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्बासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा