ककनीको पानी हङकङ र मकाउ निर्यात | Khabarhub Khabarhub

ककनीको पानी हङकङ र मकाउ निर्यात


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् ।

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए ।

हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनको भनाइ छ।

हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैयाँ पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने उनको विश्वास छ । 

पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।

उनले पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको र तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।

सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनको भनाइ छ । 

सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।

कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल छन् । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका थिए । 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ४० बजे

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

स्वर्गद्वारी– प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे

रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद 

रुपन्देही– रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

काठमाडौं- सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले

न्यायाधीश प्रधानबारे सांसद ढुंगानाको आक्रोश : दलको चप्पल त खोल्नु भएकै रहेनछ

काठमाडौं– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लबारे सत्तारुढ नेपाली कांग्रेसका

ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो

काठमाडौं- आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी