न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो, यसको अन्त्य हुनुपर्छ : महासचिव भुसाल | Khabarhub Khabarhub

न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो, यसको अन्त्य हुनुपर्छ : महासचिव भुसाल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधीश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

भुसालले न्यायाधीश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पूँजीवादको एउटा स्वरुप भएको तर्क गरे । उनले देश अहिलेजस्तै राजनीतिक अस्थीरतर्फ धकेलिँदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताए ।

उनले संसद विघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रिक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालिन नेकपामा विवाद भएको बताए । त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर विषयलाई रक्षा गर्नका लागि आफूहरुले आवश्यक भूमिका खेलेको उनको भनाइ छ ।

भुसालले दलाल पूँजीवादका कारण मुलुकमा विभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे । कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ४ : ०८ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले