धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देश ठिक बाटोमा जाँदैन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देश ठिक बाटोमा जाँदैन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष लिङ्देन


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजग हुनुपर्ने धारणा राखे ।

भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताए ।

लिङ्देनले मुलुकमा संघीयता आएपनि पूरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुन सक्ने तर्क गरे ।

अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ४ : ३१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र