नीति तय गर्न कार्यदल गठन गर्ने समाजवादी मोर्चाको निर्णय « Khabarhub

नीति तय गर्न कार्यदल गठन गर्ने समाजवादी मोर्चाको निर्णय


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारुप समेत तयार गर्ने उनले बताए। पाण्डेले साउन महिनामा सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको मितिका बिषयमा पनि कार्यदलले टुङ्गो लगाउने र असार २७ गते घोषणा गरिने जानकारी दिए ।

बैठकले हेरक ६—६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने र अहिले माधव कुमार नेपालले अध्यक्षता गर्ने निर्णय गरेको उनले बताए। त्यस्तै उहाले संसदमा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर एमालेले गैरसंसदीय व्यवहार देखाएको बताए

पाण्डेले नेपाली समाजको बिशेषता अनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रीत हुने पनि उल्लेख गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ४१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र