मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने पाँच जना सार्वजनिक « Khabarhub

मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटपाट गर्ने पाँच जना सार्वजनिक


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले श्रृङ्खलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले मोटरसाइकलको प्रयोग गरेर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई हाँडीगाउ बस्ने रविन दमाई, धरान घर भइ चावहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरुले सुनको सिक्री लुटपाट गरेको खुलेको र सीसीटीभीलगायतका माध्यमबाट अनुसन्धान गरेपछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए ।

पक्राउ परेकामध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरीको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरुले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट सुनको ढिक्का एक थान, सिक्री लुटपाट गर्न प्रयोग भएको दुईवटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ५२ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण