ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ ।

उनीहरुलाई यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । उक्त प्रकरणमा सीआईबीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो ।

सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ६ : १८ बजे

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक