मलेसियामा अवैध बसेका विदेशी कामदारलाई आममाफी « Khabarhub

मलेसियामा अवैध बसेका विदेशी कामदारलाई आममाफी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसिया सरकारले अवै रुपमा बसिरहेका विदेशी कामदारलाई आममाफीको घोषणा गरेको छ । उक्त आममाफी आगामी महिना (अगष्ट १) देखि डिसेम्वर ३१ सम्म हुने मलेसियाली अनलाइन द स्टार गृहमन्त्रालय उदृत गदै जनाएको छ । द स्टारका अनुसार मलेसियाको गृहमन्त्रालयले अवैध रुपमा बसेका आप्रवासी कामदारलाई आममाफीको समय दिएको हो ।

अवैधानिक रुपमा मलेसियामा बसिरहेका विदेशी कामदारलाई आममाफीमा सहभागि हुने गृह मन्त्रालयलाई अपिल गरेको समाचारमा जनाइएको छ ।
गृहमन्त्री मुहिद्धिन यासिनले यसरी स्वदेश फर्किन चाहनेहरुले केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफ्नो मुलुकको दूतावासले जारी गरेको ट्राभल डकुमेण्ट तथा राहदानी लिएर आवेदन लिन आग्रह गरेका छन् । यसरी आवदेन दिएका कामदारले ७ दिन भित्रमा स्वदेश सक्ने छन् ।

मन्त्रालयद्धारा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले अवैधानिक व्यक्तिलाई स्वदेश फर्काउने कार्य केवल अध्यागमन विभागको जिम्मेवारी रहेको र यसमा कुनै एजेण्टको भूमिका नरहने प्रष्ट पारेका छन् । आममाफीमा सहभागि नहुने विदेशी कामदारलाई कालोसूचीमा राख्ने समेत चेतवानी दिएको छ ।

मलेसिया सरकारले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार भइको क्षेत्रमा तीव्र धरपकड गरिरहेका छ । मलेसिया रोजगारीका गइ करार अवधि सकिएपनि स्वदेश नफर्की रोजगारदाता कम्पनीकै शरण लिएर करिब ३३ लाख विदेशी अवैधमा रुपमा बसीरहेको त्यहाँ अध्यगमन विभागले बताउदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ५० बजे

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

बन्दीपुर– तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा

नेतान्याहुले युएई भ्रमण गरेको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा नयाँ बहस सुरु

जेरुसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा