इमर्जिङ टिम्स एसिया कपमा सहभागि हुने नेपाली टोलीकाे बिदाइ « Khabarhub

इमर्जिङ टिम्स एसिया कपमा सहभागि हुने नेपाली टोलीकाे बिदाइ


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टीमको बिदाइ गरिएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलकुदमन्त्री डिग बहादुर लिम्बु लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपालको समूहमा युएई, पाकिस्तान ए र भारत ए छन्।

त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए। उनले खेलाडीहरूलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने र फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने बताए ।

नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाईमा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाईमा हुने तय भएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : ५७ बजे

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री