मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार « Khabarhub

मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा सोमबार हेलिकप्टरमार्फत एकै पटक दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । छायाँनाथ रारा नगरपालिका २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. कमल ढुंगानाले बताए ।

उनका अनुसार एक जना सुत्केरी महिलाको बच्चा तेर्सो परेको र अर्को सुत्केरी महिलाको शिशुको टाउको ठूलो भएकाले जोखिम रहेको छ ।

मुगुको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनीहरुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : ४६ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार