प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । सोमबार दिउँसो ३ बजे सुरु हुने भनिएको बैठक केही ढिलागरी सुरु भएको हो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

सोमबार दिउँसो नै तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गरी प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : २१ बजे

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक