उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित | Khabarhub Khabarhub

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।

उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् ।

तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याइएको थियो, यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्ने छन् ।

पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गरेका छन्  र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् ।

उनले आफ्नो पुनः निर्वाचन अभियानलाई उज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गरेका थिए।

उनले उज्बेकिस्तानको कपासखेतमा जबरजस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गरेका छन् ।

उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ५ : १३ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ