उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित « Khabarhub

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।

उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् ।

तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याइएको थियो, यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्ने छन् ।

पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गरेका छन्  र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् ।

उनले आफ्नो पुनः निर्वाचन अभियानलाई उज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गरेका थिए।

उनले उज्बेकिस्तानको कपासखेतमा जबरजस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गरेका छन् ।

उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ५ : १३ बजे

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को