मनाङ एअर हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौँ ल्याउने तयारी « Khabarhub

मनाङ एअर हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौँ ल्याउने तयारी


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकको शव काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएको हो ।

मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली पाइलट र ५ मेक्सिकन पर्यटकसहित ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा नेपाली क्याप्टेन सीबी गुरुङ, मेक्सिकन नागरिकहरु सिफुएन्तेज फेरान्डो, गोन्जालेज एब्रिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्तेज मारिया होजे र रिनकोन इस्माएल रहेका थिए ।

उनीहरुको शवको उद्धार र शव संकलनका लागि अल्टिट्युड एअरका दुई र सिम्रिक एअरको एउटा हेलिकप्टर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ५९ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा