आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली | Khabarhub Khabarhub

आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।

अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले दाहाललाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु, सांसद तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : १९ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी