श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग « Khabarhub

श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी, जसपा नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ ।

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए ।

उनले भने, “न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।”

समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासङ्घको माग रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ४० बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार