एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आज सुरु हुँदै | Khabarhub Khabarhub

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आज सुरु हुँदै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् ।

श्रीलंकाको कोलम्बोस्थित सिंहालिस स्पोर्ट्स क्लबमा हुने पहिलो खेलमा श्रीलंका ए र बंगलादेश ए ले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोलि सुखद सुरुवात गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

यस्तै, आजै हुने अर्को खेलमा अफगानिस्तान ए र ओमान ए भिड्ने छन् । यी दुई टोलीबीचको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे नै सुरु हुनेछ । दुवै टोलि आजको खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

समूह ‘बी’ मा रहेको नेपालले भोलि पाकिस्तान ए सँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले जुलाई १७ मा भारत ए सँग र जुलाई १९ मा यूएईविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०३ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत