यसकारण सर्‍यो प्रभासको फिल्म ‘साहो’ को रिलिज डेट | Khabarhub Khabarhub

यसकारण सर्‍यो प्रभासको फिल्म ‘साहो’ को रिलिज डेट


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्लो समय चर्चामा रहेको फिल्म ‘साहो’ को रिलिज मितिमा हेरफेर भएको छ । पहिले फिल्म आउँदो अगस्त १५ मा रिलिज हुने भनिएको थियो । अब भने १५ दिन पछाडि धकेलिएको निर्माण टिमले बताएको छ ।

अगस्त १५ मा बलिउडमा अन्य २ ठूला फिल्म पनि रिलिज हुँदैछन् । जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ र अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ १५ अगस्तमा रिलिज हुँदैछन् । जसकारण प्रभास अभिनित फिल्म ‘साहो’ को रिलिज मितिमा हेरेफेर गरिएको हो ।

‘साहो’ टिमले सामाजिक सञ्जालमा एक नोटिस जारी गर्दै रिलिज मितिमा परिवर्तन गरिएको बताए । यो फिल्म ३० अगस्तमा रिलिज हुनेछ ।

लामो समयदेखि प्रतीक्षित यो फिल्म पछाडि धकेलिएपछि फ्यानलाई अझै लामो समय कुर्नुपर्ने भएको छ । फिल्ममा ‘बाहुबली’ स्टार प्रभास र श्रद्धा कपूरले जोडी बाँधेका छन् भने नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

यो फिल्म हिन्दी, तेलुगू र तमिल भाषामा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : २१ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन