स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार | Khabarhub Khabarhub

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो । 

दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जितेका थिए । नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन् । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : २४ बजे

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय