स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार « Khabarhub

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो । 

दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जितेका थिए । नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन् । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : २४ बजे

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट