विदेश जाने श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायीको आपत्ती « Khabarhub

विदेश जाने श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायीको आपत्ती


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेश गर्दा पनि अध्यागमन कार्यालयले बिना कारण श्रमिकहरुलाई विमानस्थलबाटै फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको हो ।

अध्यागमनका कर्मचारीले विगत केही दिनदेखि कानून विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघले जनाएको छ ।

यस सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिएर फर्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए ।

विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाइन प्रणालीमार्फत अध्यागमनमा पनि जाने भएपनि त्यसलाई कर्मचारीले वेवास्ता गरेको उनको भनाइ छ ।

यस विषयमा संघले श्रममन्त्रीलगायत सबै सरोकारवालाहरुलाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कार्यलाई निरन्तरता दिए कडा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : १५ बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा