आतंकवादी संगठनको रकम आईएनजीओमा, सार्वजनिक जग्गाबारे सरकार बेखबर « Khabarhub

आतंकवादी संगठनको रकम आईएनजीओमा, सार्वजनिक जग्गाबारे सरकार बेखबर


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंकवादी संगठनको रकम आईएनजीओमा शीर्षकमा आज राजधानीले मुख्य समाचार छापेको छ ।

सरकारद्वारा गठिन उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमाफर्त अर्बौं रुपैया भित्र्याइरहेको हुन सक्ने आशंका गरेको छ ।

आईएनजीओबाट नेपाल भित्रिने अर्बौ रुपैया अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सवै आईएनजीओलाई सूक्ष्म निगरानीमा राखी अध्यन गर्न समेत सरकारलाई सुझाएको छ ।

एक वर्षमै ४२ अर्ब रुपैयाँ भित्रियो, सुक्ष्म निगरानीमा राखी अध्ययन गर्न सरकारलाई सुझाव दिइएको छ ।

त्यसैगरी कांग्रेस विधानमा सहमति प्रयासको अर्को समाचार छापिएको छ । नेपाली कांग्रेसले विधानमा देखिएको विमतिको टुंगो लगाउन केन्द्रीय समिति बैठक नै स्थगित गरेको छ ।

विधानको पूर्णताका विषयमा सहमति खोज्न भन्दै सभापति देउवाले १० माघ बाट फागुन ९ सम्मका लागि स्थगित गरेका हुन् । पौडेल–सिटौला फकाउँदै देउवा शीर्षमा समाचा छ ।

त्यस्तै पत्रिकाले ‘स्मार्ट सिटीः चर्चा धेरै, प्रगति शून्य’ शीर्षकमा काठमाडौं उपत्यकाको अस्तव्यस्ततालाई पहिलो पृष्ठमा समाचार छापेको छ ।

स्मार्ट सिटी निर्माणका लागि अहिलेसम्म उपत्यकाका चार स्थानमा मात्र जग्गा रोक्का गरिएको छ । २१ महिनासम्म परियोजना स्वीकृत भएको छैन, चर्चा भएजस्तो स्मार्ट सहर कस्तो बन्छ र कहिलेसम्म कुनै टुंगो छैन ।

त्यस्तै सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्ने बताउँदै आएपनि देशभरमा कति सर्वाजनिक जग्गा छ भन्ने बारे समेत सरकार बेखबर रहेको समाचार पनि छापेको छ ।

पत्रिकाले योजना कार्यान्वयनमा तदारुकता देखाऊ शीर्षकमा सम्पादकीय लेखेको छ । समृद्ध नेपाल, सखी नेपालीको दीर्घकालीन उद्देश्यका साथ गठन भएको केपी ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरको छ ।

जनताको अथाह चाहानाबीच यो सरकार गठन भएको थियो । संघीयता कार्यान्वयन र सेवा प्रभवाहलाई प्रभावकारी बनाउनु्पर्ने गहन दायित्व यो समारको काँधमा रहेको भन्दै आम नागरिहको अपेक्षा पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : ५० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत