म्याग्दीमा नौ झोलुङ्गे पुल निर्माण « Khabarhub

म्याग्दीमा नौ झोलुङ्गे पुल निर्माण


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९–८० मा नौवटा झोलुङ्गे पुल निर्माण भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

टिभिएसयु मार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ ।

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधीन पुलको कूल लागत सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ । ‘निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्ख्या लाभान्वित हुनेछन्’, उनले भने, ‘उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ ।’

मालिका गाउँपालिकामा पाँच, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा दुई–दुई वटा पुल निर्माण सकिएका छन् । यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई÷दुई, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक–एक वटा पुल निर्माणाधीन छन् ।

मालिका गाउँपालिका–५ को सांगाखोलामा १०० मिटर, मालिका–४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका–४ को घोर्सीखोलामा ५८ मिटर, मालिका–४ छिपान्जाखोलामा ५८ र मालिका–७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

रघुगङ्गा–१ को ओकिलाखोलामा ४२ मिटर र रघुगङ्गा–८ को रघुगङ्गा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ । बेनी नगरपालिका–३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ ।

मालिका–४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मङ्गला गाउँपालिका–५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ ।

अन्नपूर्ण गाउँपालिका–को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५–६५ प्रतिशत सकिएको छ । रघुगङ्गा गाउँपालिका–८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका–७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका–७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०–३० प्रतिशत सकिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

झोलुङ्गे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुङ्गे पुल छन् । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : २२ बजे

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा