नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा « Khabarhub

नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए हो ।

उनले सबै समुदायलाई राजनीतिका साथै हरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए । सभापति देउवाले कांग्रेस पनि सबै समुदायको पार्टी भएकाले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राखे । कांग्रेसमा सबै समुदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ । 

कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरूको जस अरुले लिएको बताए । उनले हरेक वर्ग क्षेत्र समुदायको पहुँचमा देशको आर्थिक उन्नति पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए ।

त्यस्तै अन्य कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।  

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४१ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर