रेडियो विकिरणले प्रभावित समुद्री तट | Khabarhub Khabarhub

रेडियो विकिरणले प्रभावित समुद्री तट


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जापानको पूर्वी तटीय क्षेत्र फुकुसीमाको आणविक भट्टीको एक घण्टा परको दुरीमा ताराचाइन प्रयोगशाला छ। प्रयोगशालामा आइ किमुरा माछा काटीरहेकी छिन्। गएको वर्ष मात्र किमुराले आफ्ना साथीसँग मिलेर माछा मार्फत पानीको अवस्था पत्ता लगाउने प्रयास गरिन्।

उनको उद्देश्य त्यस माछाको शरीरको अध्ययन गर्दै पानी कुनै पनि जीवका लागि कत्ति सुरक्षित भन्ने पत्ता लगाउनु थियो। साथै बोट बिरुवाको भविष्यको बारे पनि धेरै कुरा पत्ता लगाउनु उनीहरूको टोलीको लक्ष्य थियो। सन् २०११ मा सुनामी आएपछि उनीहरूको टोलीले यो जिम्मेवारी पाएको हो।

अचम्मको संयोग के हो भने यो जिम्मेवारीको नेतृत्व गर्ने अवसर पाएकी किमुरा वैज्ञानिक होइनन्। जापानी भाषामा तामाराइनको अर्थ आमा पनि हुने गरेको छ। यसै आमा शब्दको अर्थबाट यो ल्याबको नाम राखिएको हो।

आणविक भट्टीमा दुर्घटना हुनसक्छ भन्ने कहिल्यै अनुमान नगरेको त्यस समुदायका लागि त्यो ठुलो चिन्ताको विषय थियो। सुनामीकै कारण भट्टीमा पनि असर गरेको थियो।

नामी पछि हरेक वस्तुमा रेडियो विकिरणको असर पक्कै हुन्छ। त्यस स्थानमा रहेको विरुवामा पनि। अनि माछामा पनि यसको कम होस् भन्ने हेतुले किमुराले आफ्नो साथीहरूको एउटा समूह बनाएर माछाको बारे विशेष अध्ययन सुरु गरेकी हुन्। उनीहरूले जापानका प्राविधिकसँग सम्पर्क गरेर आफै प्रशिक्षित भए। यसपछि उनीहरूकै सहयोगमा सुरुवातमा आफैले ल्याब सुरु गरे। बिस्तारै आफै दक्ष हुँदै गए।

आणविक भट्टीमा दुर्घटना हुनसक्छ भन्ने कहिल्यै अनुमान नगरेको त्यस समुदायका लागि त्यो ठुलो चिन्ताको विषय थियो। सुनामीकै कारण भट्टीमा पनि असर गरेको थियो। भट्टीबाट प्रशान्त महासागरमा गएको पानीमा अहिले पनि सरकारले बेवास्ता गरेको महसुस धेरैले गरेका छन्। यसले त्यहाँको जनजीवन माथिको असर पनि धेरैले महसुस गरेका छन्।

गत महिना जापानले १० लाख टन भन्दा बढी पानी अझ भनौँ ५०० वटा प्रतियोगिता खेल्ने पौडी पुलको पानी जुन धेरै कुरा पग्लिएपछि मिसिएको हुन्छ। त्यसलाई समुद्रमा मिसाउन ग्रिन सिग्नल दिएको थियो। यसको असर अन्य एक हजार ट्याङ्कीमा परेको हुन्छ। त्यस ट्याङ्कीकै पानी यत्रतत्र पुगेको छ।

जापानको नियामक संस्थाले भट्टी सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डीङलाई अघि बढ्न निर्देशन दिएको थियो। अन्तर्राष्ट्रिय अटोमेटिक ऊर्जा केन्द्रका प्रमुख राफेल गोस्रीले वाच डगले दुई वर्षको पुनरावलोकन गर्दा यो योजना सबै कुरा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।

दक्षिण कोरियामा जापानबाट पुग्ने थुप्रै खाद्य पदार्थमा प्रतिबन्ध लगाएको छ। हङकङ लगायत संसारका अन्य धेरै देशमा पनि यसै किसिमको प्रतिबन्ध लागेको छ। फुकुसिमा मै बस्नेहरूले भने यसमा चासो दिने गरेका छैनन्।

त्यस संस्थाले पानीमा विकिरणको नगण्य असर परेकाले प्रयोगका लागि कुनै अप्ठेरो नपर्ने जनाएको छ। अन्तर्राष्ट्रिय निकायले जापानको यो कदममा असहमति जनाएका छन्। दक्षिण कोरियामा जापानबाट पुग्ने थुप्रै खाद्य पदार्थमा प्रतिबन्ध लगाएको छ। हङकङ लगायत संसारका अन्य धेरै देशमा पनि यसै किसिमको प्रतिबन्ध लागेको छ। फुकुसिमा मै बस्नेहरूले भने यसमा चासो दिने गरेका छैनन्।

‘कुन दूषित पानीलाई सही बनाइयो भन्ने बारे हामीलाई अत्तोपत्तो छैन,’ किमुराले भनिन्। उनले धरै स्थानीय त्यहाँको पानीको बारे चिन्तित भएको समेत बताइन्। आधिकारिक संस्थाले ६० प्रकारमा रेडियो विकिरणको असर हटाउन पानी फिल्टर गरिरहेका छन्। यस किसिमले फिल्टर गर्दा पनि पानी विकिरण रहित पक्कै हुँदैन। यसमा ट्रिटियम र कार्बन १४ रहन्छ। ट्रिटियम हाइड्रोजन र कार्बन १४ कार्बन डाई अक्साइडबाट तयार हुन्छ। पानीमा यो मिसिएपछि यसलाई सितिमिति हटाउन सकिँदैन।

सरकारी निकायले विश्वास दिलाउन प्रयास गरे पनि किमुराले लगायतले सञ्चालन गरेको ल्याबले सरकारप्रति विश्वास भत्किएको प्रस्ट भएको छ।

सरकारी निकायको दाबी एक पटक फिल्टर गरिएपछि अन्य समुद्रका पानी शुद्धीकरण गरिए झैँ यसलाई फेरि एक पटक गरिने छ। यस कारण विकिरणको धेरै असर स्वतः हराउँदै जाने छ।

अहिले फुकुसीमामा रेडियो विकिरणलाई अदृश्य शत्रुको रुपमा व्याख्या गर्न थालिएको छ। जापानमा दुर्घटना भए पछि भट्टीको नजिकको ३० किलोमिटरसम्मको क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र घोषणा गरेको छ। यसै क्षेत्रका बसोबास गर्दै आएका १ लाख ५० हजार जनालाई अन्यत्र पुनर्स्थापित पनि गरेको छ। थुप्रै घर रित्तिएका छन्। घरको छतमा लेउ लाग्ने अवस्था आइसकेको छ। तर, त्यस क्षेत्रमा रंगीचंङी हेलमेट लगाएर काम गरिरहेका मजदुर गल्लीका कुना कुनामा देख्न सकिन्छ।

सरकारी निकायले विश्वास दिलाउन प्रयास गरे पनि किमुराले लगायतले सञ्चालन गरेको ल्याबले सरकारप्रति विश्वास भत्किएको प्रस्ट भएको छ। मुख्य ल्याबमा स्वयंसेवक बन्दागोभी काटीरहेका छन्। यसमा गामा विकिरण नापिने गरिन्छ। अर्को स्वयंसेवकले परीक्षण अघिको पानीमा विकिरणको प्रभाव नापी रहेकी छिन्। त्यही स्थानमा खाद्य पदार्थ र माटोको पनि परीक्षण हुने गरेको छ।

भित्तामा चाट पेपर राखिएको छ। त्यसमा विकिरणको असरलाई देखाइने गरिएको छ। उनीहरूलाई स्याम्पल जम्मा गर्न स्थानीयले सहयोग गर्ने गरेका छन्। तर सबै स्थानीयका लागि यी सबै परीक्षण गर्न आवश्यक लाग्दैन।

विकिरणको असर भौतिक रूपमा नभई मोलीक्यलुर रूपमा हुने भएकाले यसको प्रभाव हटाउने काम अत्यन्त कठिन हो। अहिले स्थानीय तहदेखि माथिल्लो तहसम्म यो विषयमा संवेदनशील नभएको विषयमा किमुरा आश्चर्य चकित छिन्।

प्रयोगशालामा स्ट्रोयिनम ९०, ट्रिटियम तथा क्यासियम १३४ र १३७ को परीक्षण हुन्छ। किमुराले आफूहरूले पत्ता लगाएको कुरा अफसियल साइट राख्ने गरेकी छिन्। यसमा खोजी गर्दा त्यहाँका हरेक बस्तु कत्ति उपभोग योग्य भन्ने कुराको यकिन हुन्छ। सन् २०११ मा भएको भयावह दुर्घटनाको बाबजुद अझै यस्ता धेरै दुखद घटना भएको उनको स्मरणमा छ। गत मार्चमा प्रशोधन गर्ने निकाय टेप्कोले अझै धेरै प्रयास जारी रहेको जनाएको छ।

विकिरणको असर भौतिक रूपमा नभई मोलीक्यलुर रूपमा हुने भएकाले यसको प्रभाव हटाउने काम अत्यन्त कठिन हो। अहिले स्थानीय तहदेखि माथिल्लो तहसम्म यो विषयमा संवेदनशील नभएको विषयमा किमुरा आश्चर्य चकित छिन्।

यसै कारण त्यस क्षेत्रमा विश्वासको संकट उत्पन्न भएको छ। माछा व्यवसाय त धरापमा नै परेको छ। कृषकहरूको व्यवसाय पनि त्यत्तिकै सङ्कटमा परेको छ। टेप्केले बारम्बार पानी प्रशोधन गरेपछि माछा पनि सही हुने दाबी गरेको छ। तथापि यसलाई धेरैले विश्वास गर्न सकीरहेका छैनन्। अहिले फकुसिमामा धेरै स्थान समस्यामा छन्। स्रोतः बीबीसी

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : १५ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस