सरकारले छिट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्ने « Khabarhub

सरकारले छिट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्ने


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण गठनको तयारी शुरु भइसकेको र छिट्टै गठन हुने बताए ।

प्राधिकरण गठनका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गरिने महासेठको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि बताए ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ३ : २७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच