राजेश राईको ‘झल्को ज्यानकै आउने’ सार्वजनिक (भिडियो) « Khabarhub

राजेश राईको ‘झल्को ज्यानकै आउने’ सार्वजनिक (भिडियो)


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शकमाझ ल्याएका गायक राजेशले योपटक झल्को ज्यानकै आउने बोलको गीत सार्वजनिक गरेका हुन् ।  

सिगिङ सुपर स्टार सिजन-१ का विजेता रहेका राजेश राईका ‘तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए  । झल्को ज्यानकै आउने पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ । 

गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन छ । भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियोमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेष्ठको अभिनय देख्न सकिन्छ  ि

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १ : ०० बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना