वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा | Khabarhub Khabarhub

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आजदेखि कार्यान्वयनमा आउन लागेको हो।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।

फडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।

एफडीएले न्याम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ। 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ५३ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो