कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।

केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले बताउनुभयो । कांग्रेस केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : १५ बजे

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको