देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ : डा भट्टराई « Khabarhub

देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ : डा भट्टराई


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन् । चेम्बर अफ कर्मस गोरखाले आज सदरमुकाममा आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने बताए ।

“विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “विकास र समृद्धिका लागि नयाँ ढङ्गले सोच्नु आवश्यक छ ।” उनले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औँल्याए । “कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ”, उनले भने, “विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ ।”

अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री डा भट्टराईले गोरखा र धादिङको सिमाना निर्माण गर्ने भनिएको बूढीगण्डकी योजना निर्माण सम्पन्न गर्न सके यो आयोजना गोरखा मात्रै होइन सिङ्गो नेपालकै ‘गेम चेन्जर’ आयोजना बन्ने पनि दाबी गरे । उनले बूढीगण्डकी जलाशययुक्त आयोजना बहुउद्देश्यीय आयोजना भएकाले यसलाई जोडेर अन्य धेरै प्रोजेक्टहरु चलाउन सकिने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले गण्डकी प्रदेशभित्र प्रशास्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सकिने बताए । “अहिलेको हिसाबले आयोजना बने यो यहाँ फेवातालभन्दा झन्डै पन्ध्र पन्ध्रगुणा ठूलो ताल बन्छ”, उनले भने, “यस आयोजनाबाट यस क्षेत्रलाई विद्युत् उत्पादनमात्र नभई पर्यटकीय हब बनाएर काम गर्न सके सिङ्गो देशको आर्थिक समृद्धि हासिल गर्न मद्दत पुग्नेछ ।”

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १८ बजे

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको