नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो « Khabarhub

नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।

अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४० औँ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । आज बङ्गलादेश ए र अफगानिस्तान ए तथा श्रीलङ्का ए र ओमान एबीचका खेल हुँदैछन् ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : ५९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका