नरनारायण मन्दिरको पुनःनिर्माण सुरु | Khabarhub Khabarhub

नरनारायण मन्दिरको पुनःनिर्माण सुरु


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पाटन दरबार क्षेत्रको पूर्वतिर नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।

ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपमा सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् ।

 नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण सुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए । उनले भने, ‘सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्, । यी सम्भवतः विसं १९९० को भूकम्पले भत्काएको हुनुपर्छ । ती अवशेषलाई पुनःनिर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दैछन् ।’

नरनारायण मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ आठ फिड रहेको हुँदा मन्दिरको उचाइ ३२ फिड अग्लो हुनेछ । मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे।

मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ । विसं २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनःनिर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनःनिर्माणमा जुटेको बताए। 

पुननिर्माण सुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा  घर भूकम्प गएको आठ वर्षपछि पुनःनिमार्णको अन्तिम चरणमा छ । नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पनुःनिर्माण भएको प्वास्याः फल्चालाई विसं २०७२ को भूकम्पले क्षति पुर्याएको थियो ।

नेवारी भाषामा प्वास्याः फल्चा घरमा विशेषगरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ । प्वास्याः फल्चा घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रूपमा पनि लिने गरिन्छ । भूकम्पले क्षति पुर्याएको उक्त सम्पदा पुनःनिर्माण गर्न दुई वर्ष लाग्यो । अबको दुई महिनाभित्र निमार्ण सम्पन्न हुनेछ । 

पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिमार्णको चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।

–हरि परियार रासस

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ०८ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन