सेयर बजारमा ९.९१ अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा ९.९१ अंकको वृद्धि


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन लागेसँगै सेयर बजारको गति क्रमशः सकारात्मक बनेको छ ।

मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ । यता, कारोबार रकममा भने उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

 बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि आउने गर्छन् । पुराना पनि थप सक्रिय हुन थाल्छन् । यसले समग्र बजारलाई माथितिर लैजान सहयोग गर्नेछ । 

यस दिन २५५ कम्पनीको ८६ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन लाइफ इन्स्युरेन्स परेका छन् । 

विशेषगरी बैंकिङ समूह सकारात्मक बन्दा मंगलबार नेप्से सूचक वृद्धि हुन सहयोग पुगेको देखिन्छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ४ : १३ बजे

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो

सरकारी भवनमा ताला ठोकेर भाडाको घरमा पालिका कार्यालय

सिरहा – जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको