युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघबीच साझेदारी « Khabarhub

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघबीच साझेदारी


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गर्ने भएको छ । 

उक्त कम्पनीले राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको हो । युनिलिभर नेपालले नेपालभर महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा जोड दिएको छ । 

 राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्‍याउन खोजेको उल्लेख छ ।

युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवर्द्धन गर्न नजिकबाट काम गर्ने जनाएको छ । साथै आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा  पुर्‍याउने लक्ष्य लिएको छ । 

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो । 

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनुले महिला फुटबल खेलाडीको  पछिल्लो पुस्तालाई प्रेरित गर्ने  छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : ४९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्