हेम बहादुर मल्ल सम्मान गोरक्ष प्रधान र भानु आचार्यलाई प्रदान गरिने « Khabarhub

हेम बहादुर मल्ल सम्मान गोरक्ष प्रधान र भानु आचार्यलाई प्रदान गरिने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल जनप्रशासन सङ्घ र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा ‘हेम बहादुर मल्ल सम्मान २०७७-०७८’ घोषणा गरेको छ ।

मंगलबार काठमाडौँमा आयोजना कार्यक्रममा ‘हेम बहादुर मल्ल सम्मान २०७७’ गोरक्ष बहादुर नहुच्छे प्रधानलाई र हेम बहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरेको हो ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण पुनरावलोकन र मूल्याकनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि।स। २०४७ सालमा नेपाल जनप्रशासन संघको स्थापना भएको हो ।

गैरनाफामुखी पेशागत संघको रूपमा स्थापित यस सङ्घले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरू आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवं सम्बन्धित निकायहरूमा पठाई सहयोग पुर्याउदै आएको छ ।

यो सम्मान उपराष्ट्रपति रामसहाय यादवबाट होटल र्याडिशनमा साउन ३ गते बुधबार प्रदान गरिने छ ,

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : २१ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट