कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन « Khabarhub

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९–८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९–०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताए ।

यता, टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९–०८० मा १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो ।

सत्ती भन्सारले सात करोड, ३८ लाख, ८९ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुनु पनि कारण हो’, चौधरीले भने, ‘सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो ।’

कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहँु, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य बस्तुको आयात धेरै हुने गरेको छ तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

यता, कैलालीको सत्तीमा क्वारेन्टाइन स्थापना हुनुपर्ने भन्दै स्थानीयले दबाब दिँदै आएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो ।

क्वारेन्टाइन स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले गत महिना यहाँ दबाबमूलक कार्यक्रमसमेत सुरु गरेको थियो । क्वारेन्टाइन नभएकै कारण परीक्षण गरेर ल्याउनुपर्ने सामान यहाँका व्यापारीले नेपालगञ्ज वा धनगढी भएर ल्याउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ०८ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन