सुन बरामद अपडेट : एजेन्टसहित ६ जना पक्राउ « Khabarhub

सुन बरामद अपडेट : एजेन्टसहित ६ जना पक्राउ


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, हर्के राई र भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सीका चालक तथा एकजना भारतीय नागरिक रहेका  राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए।

उनका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ । सुनको यकिन परिणाम थाहा भइसकेको छैन।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको ढुङ्गानाले जानकारी दिए ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको थियो।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । उनले भने, ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ ।’

मोटरपार्ट्सको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधबार विभागबाट गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको हो।

बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिए पनि यसको यकिन परिमाणबारे विभागले आज जानकारी गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ४४ बजे

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि

हिमाली भेगको पीडा- पाँच हजार फिटको हिउँ नाघेर कसरी मत खसाल्ने ?

काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन

मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह

झापा– जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट

विदेशमा अलपत्र म्याग्दीका भुवन विकको तीन महिनापछि उद्धार

म्याग्दी– रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं – पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ