‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई | Khabarhub Khabarhub

‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् । 

सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रधानले करिब चार दशक सरकारी सेवामा बिताएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गरेका थिए । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहेका थिए ।

त्यसैगरी आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थ सचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसकेका छन् । यसअघि हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा। सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा। सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : १० बजे

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र